बर्षौ भैसको माइतीको
आँगन टेक्न नपाएको
बाटो हेरी बसेका मेरा बा
आमालाई देख्न नपाएको
यसपाली तिजमा आउँछु भनेथे
आमा कोरोनाले छेकेको छ
कति आतुर छु हजुरलाई
भेट्न खै कसले देखेको छ
टाढाको माइती कहिल्यै
मन लाग्दा जान पाइन
घरको जिम्मेवारीले तपाईको
छोरी फुत्किएर आउन पाइन
के छ खबर ? दाजुभाईको अनलाइन
सबै ठिक ठाक देखेको छु
जिन्दगी यस्तै रहेछ आमा
बहकिएर कवितामा लेखेको छु
तिम्रो जस्तो माया अनि गाली,
अरुको कहिल्यै नहुने रहेछ
घाउमा नुन छर्कने धेरै भेटिन्छन्
यहाँ,हाँसेरै यो मनले सहेछ
छोरीले फोन गरिन नभन्नु
आमा मेरो व्यथा चर्कै छ
मेरो इच्छाले चल्न पाउँदिन
आमा मलाई चलाउने अर्कै छ
यसपाली तिजमा पनि मैले
सुकुनको सास फेर्न पाइन
यो मनले अघाउन्जेल मेरा
आमा बा लाइ कहिल्यै हेर्नै पाइन
खुलेर हास्न नपाइने, मन खुसी रहेर
बाँच्न नपाइने छोरीको कर्म रहेछ
आफुलाई दिनरात रित्याएर
अरुको सेवा गर्नु नै धर्म रहेछ
खयाल राख्नु आफ्नो म जेनतेन
निर्वाह गर्दै बाँचेको छु
कस्तो दिन जन्मायौ आमा रुने
भाग्य रहेछ रुँदा रुँदै, हाँसेको छु।
(नोट – केहिको यस्तो त नहोला तर धेरै छोरीहरुको पिडा यस्तै छ।)





















