काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला २ दिन अगाडि सारिएको छ। पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेन्युका कारण २ दिन अगाडि राष्ट्रिय भेला आयोजना गर्नुपरेको बताए।
यही असोज १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला हुनेभएको छ। यसअघि केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो। कार्यवाहक महामन्त्री बुर्लाकोटीले करिब १५ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए।





















