भरतपुर – चितवनको रामपुरमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले यस बर्ष ४ करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।
महानगरको नगरसभा तथा १५ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निर्माणका लागि महानगरपालिकाले बजेट बिनियोजन गरेको भन्दै संघ र प्रदेश सरकारसंगको सहकार्यमा निर्माण अघि बढाइने बताउनुभयो । महानगरपालिकाले रंगशाला निर्माणका लागि टेण्डर आब्हान समेत गरिसकेको छ ।





















