धनगढी । कैलालीबाट लागूऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा रहेका छन्।
महरालाइ शनिबार प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट शंका लागि चेकजाँच गर्दा २ ग्राम ८ सय मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।





















