माडी । साेमेश्वर शुभम् मिडिया नेटवर्कद्वारा सञ्चालित कञ्चन अनलाईनले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्राे लाेकार्पण कार्यक्रम सोमबार माडीमा सम्पन्न भएकाे छ ।
माडी कला केन्द्रको आयोजनामा वैशाख १३ गते देखि २३ गतेसम्म सञ्चालित माडी पर्यटन तथा साँस्कृतिक उत्सवको समापन कार्यकममा भित्तेपात्राे लाेकार्पण गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि वागमति प्रदेशका सभासद माननीय ठाकुर ठकालले २०८१ काे भित्तेपात्राे लाेकार्पण गर्नु भएकाे हो ।
राजनीतिक तथा सामाजिक व्यक्तित्वहरु, कलाकारहरु, साेमेसश्वर सुभम् मिडिया नेटवर्क प्रा लि कम्पनिका अध्यक्ष सुर्य पाठक ,कञ्चन अनलाईनका सम्पादक नारायण दुबे , कार्यकारी सम्पादक सिला पाठक लगायत हजारौँ दर्शकहरुको उपस्थितिमा भित्तेपात्रो विमोचन गरिएको हो ।





















