चितवन नेपाल कम्युनिष्ट पार्टी चितवन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं -५ को पार्टी कार्यलयको मध्य चितवन जिल्ला इन्चार्ज, जिल्ला सेक्रेटरी, महानगर इन्चार्ज साथै नारायणी ब्यूरो सदस्यहरु लगाएतका नेताहरु एवं युवा/कार्यकर्ताहरूको बाक्लो उपस्थितिमा आज भरतपुरको नारायणपुरमा जिल्ला इन्चार्ज क. रुद्र सी बाट रिवन काटेर उद्घाटन गरियो ।
साथै यसै कार्यक्रममा युवा संगठन नेपालको चैत्र २४-२८ गते धनगढीमा सम्पन्न ५ औं केन्द्रीय महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका क. अशोक सी, क. सुमित सी, र क. पारस सी लाई बधाई ज्ञापन तथा सम्मान गरिएको थियो । भरतपुर वार्ड नं ५ का सेक्रेटरी क. शिव सी को सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य क. दुक्पा सी ले दिनु भएको थियो भने जिल्ला इन्चार्ज साथै आजका कार्यक्रमका प्रमुख अतिथि क. रुद्र सी र सेक्रेटरी क. भरत सी ले अब चितवन नेकपामय हुँदै गएको जिकिर गर्दै अन्याय र पीडामा परेका जनतालाई नेकपाको संधै साथ रहेने बताउंदै पीडितको पक्षमा चट्टान झैं उभिएर देश लुट्ने लुटेरा र कमिसनखोरहरु विरुद्ध आगो वकल्न अब नेकपाका युवाहरु तयार हुनु पर्ने बताउनु भयो ।
त्यस्तै महानगर इन्चार्ज क. आलोक सी , अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिब क. राजेन्द्र सी साथै युवा संगठन नेपालका केन्द्रीय सदस्य क. पारस सी लगातका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रम नेकपाका युवा नेता दिपक सी ले संचालन गर्नु भएको थियो ।





















