बर्दीया । बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्।
२० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।
युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोला विरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरी आएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको डिएसपी अर्यालले बताए । उनी माथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।
उनी गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।





















