काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिट्ठी फुक्नासाथ सडकमा आउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिहीबार पार्टीनिकट खेलकुद महासंघको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले सिट्ठी फुक्नासाथ आन्दोलनमा उत्रन मानसिकरूपमा तम्तयार रहन निर्देशन दिएका हुन् । उनले तीन दिनकै तयारीमा राष्ट्रिय आन्दोलनको तयारी गर्नुपर्ने हुनसक्ने बताए।
पार्टीले जतिबेला सिट्ठी बजाउँन क्निे भएकाले छरिएका रहेका सबैजना सुइयँ सिट्ठी बजाएपछि लाइनमा बस्न तयारी रहन उनले बताए ।
छोटो समयमा राष्ट्रिय आन्दोलनको तयारीमा उत्रनुपर्ने हुन सक्ने भएका कारण पार्टी सम्वद्ध सबै कार्याकर्ताहरु तम्तयार भएर बस्न निर्देशन दिएका हुन् । उनले सरकारले जस्तोसुकै हमला गर्न सक्ने बताउँदै उनले जस्तोसुकै प्रहारलाई थेग्न सक्ने भएर तयारीमान लाग्न निर्देशन दिए।





















