विराटनगर । विराटनगर महानगरपालिका-६ केशलियाबाट स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साह रहेका छन् ।
प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को.७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





















