काठमाडौँ। पछिल्लो समय विविध कारण समाजवादी मोर्चामा खटपट छ। सरकारका गतिविधि र एमसीसीलाई लिएर दलहरुबीच विवाद कायमै रहे पनि शीर्ष नेताले एक भएको देखाउने गरेका छन्।
मन्चमा रहेका नेताहरू पनि कतिपय कुरामा मत मिल्दैन। तर पनि उनीहरू मोर्चा अघि बढाउने कुरामा जोड दिन्छन्।
यसैबीच आज कर्णालीमा समाजवादी मोर्चाको सन्देशसभा भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मोर्चाको सन्देश सभा भएको हो।
वीरेन्द्रनगरमा भएको सन्देशसभामा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत सहभागि थिए । सन्देश सभाबाट दलहरुले मोर्चाको प्रदेश समन्वय समिति पनि घोषणा गरेका छन् ।
घोषणा भएको समन्वय समितिमा मोर्चामा आवद्ध दलको सिफारिसमा तीन/ तीन जना सदस्य रहेका छन् । घोषित समितिमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपमहासचिव तथा सांसद प्रकाश ज्वाला, प्रदेश अध्यक्ष एवं सांसद अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् ।
विप्लव नेतृत्वको नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी र जसपाबाट देवीराज न्यौपाने, गगन बहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।





















