चितवन – नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका–६ तोपेखोलामा आज साँझ ८ः ५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।
ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालयको एक्साभेटर तयारी अवस्थामा राखिएको छ ।
तर पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने काम सुरु भएको छैन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक पटक अबरुद्ध हुँदै आएको छ ।
ठूलो पहिरो गएका कारण पहिरो पन्छाउन केही समय लाग्ने छ । अहिले गन्तव्यमा हिडेका सवारीसाधन र यात्रु बाटोमानै रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले यात्रा गर्दा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।





















