सुनसरी । सुनसरीमा नक्कली नाेट सहित एक जना पक्राउ परेका छन् । जिल्लाको रामधुनी नगरपालिका-१ हनुमान मन्दिर निजकबाट स्थानीय रोशन चौधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
शनिबार दिउँसो २ बजे स्थानिय बिक्रम चौधौरीले संचालन गरेको थारु कटेजमा स्थानिय ३७ बर्षिय रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।
ईलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरीको टोलीले ५०० दरका ३५ वटा नोट सहित चौधरीलाई नियन्त्रणमा लिएकाे हाे ।
चाैधरीलाई आवश्यक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय पकली पठाएको प्रहरीले जनाएको छ ।





















