काठमाडौं / कोरोना भाइरसको संक्रमणका कारण उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ।
संक्रमणका कारण उत्तर प्रदेश प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ।
उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि मन्त्री कमलालाई लखनऊ स्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो।
तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ।





















