गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका बुध बहादुर गुरुङमाथि खुकुरी प्रहार गर्ने व्यक्ति बिरुद्ध मुद्दा दर्ता भएको छ ।
वडा नम्वर ४ झाक्रीगाउँका ३५ बर्षिय राम बहादुर गुरुङ बिरुद्ध ज्यान मार्ने उद्योग कसुर शिर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमवार राती करिव बाह्र बजे विवाहको बिषयमा भएको विवादको क्रममा बुधबहादुरमाथि खुकुरी प्रहार भएको हो ।
ज्यान मार्ने उदेश्यले खुकुरी प्रहार भएको भन्दै रामबहादुर बिरुद्ध घाईतेका आफन्तले जायरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खुकुरी प्रहारबाट सख्त घाइते भएका बुध बहादुरको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको वाया गालामा गम्भिर चोट लागेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





















