काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सङ्लिने र तङ्ग्रिने बेला भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस काठमाडौँ ९ को (क) प्रदेशको सम्मेलनमा महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस सङ्लिने र तङ्ग्रिने बेला पनि हो । आज आफैँले आफैँसँग प्रतिस्पर्धा हुनु बेला हो। अरूसँग पछि प्रतिस्पर्धा गरौँला।’
सम्मेलनपछि क र ख को प्रदेश सभापतिहरूलाई महामन्त्री शर्माले पार्टीको सदस्यता र विभाग गठन विस्तारमा प्रतिस्पर्धा गर्न निर्देशन दिए ।
कांग्रेस मिसन ८४ भन्दै अहिले नै घोषणा गर्ने हतारोमा नरहेको उनको भनाइ थियो । ८४ मा चुनावमा मात्र हुने भएकाले अहिले कांग्रेसको मिसन काम भएको महामन्त्री शर्माले बताए । ‘बाह्रै मास चुनावको चिन्ता गरेर देश बन्दैन ।
राजनीतिक दलले एउटा पुस्ताको चिन्ता गर्छ । चुनावको चिन्ता गर्दैन । हामी आजको काम गरौँ । कांग्रेसले गरेका कामको प्रचार गरौँ,’ उनले भने।





















