भरतपुर – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ अन्र्तगत नेकपा(माओवादि केन्द्र) निकट टोल विकास संस्थाका अध्यक्षहरुको भेला बाट टोल सञ्जालको अध्यक्षमा कृष्ण प्रसाद तिवारी चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा नबिन बाबु मरहट्टा , सचिवमा ओम सुनार , सह–सचिबमा साबित्री पौडेल आचार्य, कोषाध्यक्षमा धनु थापा मगर , सदस्यहरुमा राजु पौडेल , भोजराज दाहाल , सोनु श्रेष्ठ , टेक सिङ्ग पुन , प्रकाश अधिकारी रहनु भएकोे छ । टोल सञ्जालको संरक्षणमा प्रकाश देवकोटा चयन हुनुभएको छ । समितिमा ३० वटा टोलका प्रतिनिधिहरु नै सदस्य रहने बताईएको छ ।

बागमति प्रदेश सभा सदस्य माननिय ईश्वर सापकोटा “सुमन”को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिमा भरतपुर वडा नम्बर ११ का नेकपा(माओवादि केन्द्र) पार्टीका ईन्चार्ज राजन कुमार श्रेष्ठ ,अतिथिहरुमा YCL नेपालको केन्द्रिय आयोग सदस्य विरेन्द्र खरेल , नेकपा(माओवादि केन्द्र) भरतपुर महानगर सदस्य जागेश्वर आचार्य, भरतपुर वडा नम्बर ११ का नेकपा(माओवादि केन्द्र)का अध्यक्ष प्रकाश देवकोटा , भरतपुर वडा नम्बर ११ का नेकपा(माओवादि केन्द्र) का उपाध्यक्ष विकास श्रेष्ठ , भरतपुर वडा नम्बर ११ का नेकपा(माओवादि केन्द्र) का सचिव सन्देस अधिकारी लगायत वडाका बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि माननिय ईश्वर सापकोटाले समग्र वडाको समृद्दिको लागि यो सञ्जालको गठन कोशेढुङ्गा साबित हुने भन्दै बागमति सरकारको तर्फ बाट सञ्जालको उद्देश्य प्रति सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
ईन्चार्ज राजन कुमार श्रेष्ठले सुकुम्वासी , भुमिहिनको हकहितको लागि हाम्रो पार्टी निरन्तर लागिरहने र यो टोल सञ्जाललाई पार्टीले सकेको सहयोग गर्ने बताउनुभयो ।
साथै नेकपा माओवादि केन्द्र भरतपुर–११ का अध्यक्ष क.प्रकाश देबकोटाले जनसम्बन्ध सुद्धर्ढ गर्न र जनजिविकाका पक्षमा कार्य गर्न संगै वडा पार्टि र सञ्जाल लाग्नु पर्ने भन्दै शुभभाव ब्यक्त गर्नुभयो ।


भरतपुर महानगरपालिका वडा नम्वर ११ को समग्र बिकास ,समृद्दि र सुशासन हांसिल गर्नको लागि टोलको भुमिका सशक्त र प्रभावकारी बनाउन यसले मुख्य भूमिका खेल्ने बताइएको छ । वडाको दिगो बिकास, समानुपातिक बिकासका लागि नितितर्जुमा गर्दै समग्र भरतपुर–११ का आम जानताको जिवनस्तर उकास्न ,डुवान,सुकुम्बासि समस्या लगायतका समस्या दिर्धकालिन रुपमा हल गर्न मुख्य भुमिका निर्वाह गर्ने उद्देश्यले टोल सञ्जालको निर्माण गरिएको उक्त सञ्जालका उपाध्यक्ष नबिन बाबु मरहट्टाले बताउनु भयो । कार्यक्रम टोल सञ्जालका सचिव ओम सुनारले सञ्चालन गर्नुभएको थियो ।






















