चितवन / रोटरी क्लव अफ चितवनको २९ औं पद हस्तान्तरण कार्यक्रम शुक्रबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लव अफ चितवनका रोटरी वर्ष सन् २०१९/२०२० का अध्यक्ष राजु पौडेलले रोटरी वर्ष २०२०/ २०२१ का अध्यक्ष रोशन पियालाई पद हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा विगत एक वर्षमा भएका कामको वारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष राजु पौडेलले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णलाई मायाको चिनो सहित सम्मान गर्नु भएको थियो ।
सोहि अवसरमा रोशन पिया नेतृत्वको नयाँ कार्यसमितिलाई स्वागत एवं वधाई ज्ञापन गरिएको थियो । रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजिव पोखरेल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा पुर्व डिष्ट्रिक गभर्नर एवं रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष रविन्द्र पिया विशेष अतिथी रहनु भएको थियो । प्रमुख अतिथी पोखरेलको भने भर्चुअल उपस्थिती रहेको थियो ।
रोटरी क्लव अफ चितवनको रोटरी वर्ष सन् २०२०र२१ को लागि नयाँ कार्यसमितिको अध्यक्षमा रोशन पिया, निर्वाचित अध्यक्षमा डा. होम बहादुर वस्नेत, मनोनित अध्यक्षमा ज्ञानेन्द्रमान शाक्य, प्रथम उपाध्यक्षमा दिपक प्रधान, द्धितीय उपाध्यक्षमा भानु शर्मा, तृतीय उपाध्यक्षमा डा. कृष्ण प्रसाद पौडेल, सचिवमा रामचन्द्र अधिकारी, सहसचिवमा गोपाल भट्टराई, कोषाध्यक्षमा गेहोन्द्रमान श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
यसैगरी निर्देशकमा दिनेश कुमार चुके, अमृत जोशी, सांग्रिला श्रेष्ठ पिया, ई. केशव कुमार श्रेष्ठ, ई. पुरन सुवेदी, सम्पादकमा विश्वबन्धु अधिकारी, सहसम्पादकमा रोशन खरेल, सर्जेन्ट एटआर्ममा लेखराज पन्त (हरि), कोसर्जेन्ट एटआर्ममा जनक कुमार ढकाल निर्वाचित हुनु भएको छ ।





















