चितवन – जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की जिल्लामा रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी प्रधान कार्यालय तथा मातहतका जिल्लाहरुमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतहरुसगैँ चितवन प्रहरी प्रमुख कार्की पुरस्कृत भएका हुन्।
उत्कृष्ट ढंगबाट जिल्लामा रहि कार्यसम्पादन गरेकै कारण एसपी कार्की सहित एआईजी देखि कार्यालय सहयोगीलाई पुरस्कार प्रदान गरेको आईजीपी वसन्त कुँवरले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीसमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै कार्कीसहित ती प्रहरीहरुलाई पुरस्कृत गरेको जनाएको छ ।
एसपी कार्कीलाई २ हजार ३ सय रुपैयाँको नगद पुरस्कार प्रदान गरेको हो । एसएसपी कार्कीले पाएको नगद पुरस्कारको अभिलेख जनाइदिन भन्दै प्रहरी हेडक्वाटरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंलाई पत्र लेखेको छ ।
‘विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, ईमान्दार, व्यवसायिक एवम् कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन गर्दै आइरहेका नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतका निजलाई प्रहरीलाई पुरस्कृति गरिँदा प्रहरी कर्मचारीहरू समेतमा सकारात्मक प्रभाव पर्ने हुँदा निजलाई प्रहरी नियमावली २०१७ (संशोधनसहित) परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरि पुरस्कृत गर्ने २०८० ०४ ०१ गतेको प्रहरी महानिरीक्षकज्यूबाट निर्णय भएको हुँदा निजको अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनु हुन टिप्पणी आदेश पर्चा १/ १ यसै साथ संलग्न राखी पठाइएको छ’, पत्रमा भनिएको छ ।





















