गोरखा / गोरखामा कोरोना संक्रमण थप नबढोस् भन्नका लागि स्वास्थ्य सावधानी अपनाउनै पर्ने नियम कार्यान्वयनमा कडाइ गरिएको छ ।
सार्वजनिक स्थलमा हिडडुल गर्दा मास्क लगाउनै पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका नियम कार्यान्वयनमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संक्रामक रोग नियन्त्रण ऐन पालना नगरेको भन्दै प्रहरीले बिहिबार २३ जनालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई अबका दिनमा मास्क अनिबार्य लगाउने, समयसमयमा हात धुनु पर्ने तथा सेनिटाइजर लगाउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका नैतिक शिक्षा सिकाएर रु १०० जरिबाना गरेर रिहा गरिएको कार्यालयले जनाएको छ ।
संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा ३ मा सो नियम पालना नगरे रु १०० रुपैयाँ जरिबाना वा छ महिना कैद वा दुवै सजायँ हुने व्यवस्था गरिएको छ ।
लकडाउन समाप्त भएपछि कोरोना संक्रमण दिनानुदिन बढ्न थालेकाले स्वास्थ्य सावधानी अपनाउन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





















