चितवन / पृथ्वीराजमार्ग सडक खण्डको चितवनको इच्छाकामना ५ स्थित नाग्दीखोलाबाट सामान बोकेको गाडी त्रिशुलिमा खसेको छ ।
भाटभटेनी सुपरमार्केटको सामान बोकेर बिराटनगर बाट काठमाडौ तर्फ जाँदै गरेको ना ३ ख ७९८७ नम्बरको मालबाहक गाडी विपरीत दिशा बाट आउदै गरेको ना ६ ख ७६८७ नम्बरको ट्रक संग ठोक्किएर आज विहान ९ बजे तिर त्रिशुली नदिमा खसेको हो ।
पानी परिरहेको अवस्थामा भएको दुर्घटनामा गाडिको चालक सिन्धुपालचेक बाह्रबिसे ३ का ३५ बर्षिया राजेन्द्र बस्नेत हाम्फालेर बाँच्न सफल भएका छन् भने गाडी पुर्णरुपमा त्रिशुलीमा डुबेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
हाम फालेर ज्यान बचाएका चालक घाइते भएका छन् । घाइते चालकको अहिले हाइवे हस्पिटल मुग्लिनमा उपचार भैरहेको छ ।
गाडिमा चालक मात्र भएको प्रहरीले बताएको छ ।





















