चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आएका छन्। आज दिउँसो उनी जहाजबाट चितवन आएका छन्।
नवलपरासीको गैंडाकोटमा स्थानीयवासीको साझेदारीमा आइएमई समूहले निर्माण गरेको मौलाकालिका केबलकारको सोमबार उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड चितवन आएका हुन्।
योसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान प्रेस सेन्टर नेपालले आयोजना गर्ने ‘पत्रकारसँग प्रधानमन्त्री’ एवम् २०८० सालको क्यालेण्डर विमोचन , त्यसपछि हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले सञ्चालन गरेको प्याराग्लाइडिङको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री प्रचण्ड आज शिवनगरस्थित आफ्नै निवासमा रहने कार्यक्रम छ। उनी सोमबार चितवन र नवलपुरका विभिन्न कार्यक्रममा सहभागी भई दिउँसो १ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।





















