काठमाडौं । तनहुँको क्षेत्र नम्बर १ मा हुने उपचुनावमा पूर्वकांग्रेस नेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । कांग्रेससँग सहमति हुन नसकेपछि रास्वपासँग आज भएको वार्तामा जोशीले सो प्रतिबद्धता जनाएका हुन् ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलमा बिहीबार बिहान जोशी र रवी लामिछाने लगायत बीच भेटवार्ता भएको हो।
‘उपनिर्वाचनमा उहाँहरूले तनहुँ-१ मा हाम्रा उम्मेदवार स्वर्णिम वाग्लेलाई निस्सर्त सहयोग गर्ने वचन दिनुभएको छ,’ रास्वपाका ती केन्द्रीय सदस्यले दाबी गरे।





















