काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन्।
बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा अध्यक्ष ओलीले कुनै दिन सभामुख विरुद्ध महाअभियोग ल्याउन सक्ने बताएका हुन्।
‘यिनीहरूले राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन धेरै पल्ट खोजेका थिए, तर पार लागेन’, अध्यक्ष ओलीले भने, ‘अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन्।
उनले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए।





















