काठमाडौं। आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध तीन दलका विद्यार्थी संगठनले तालेमल गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनले तालमेल गरेका हुन्। साथै कुन क्याम्पसमा कसले नेतृत्व गर्ने भन्ने भागबण्डासमेत मिलाएका छन्।
भागबण्डा अनुसार कांग्रेस निकट नेविसंघले १५ वटा क्याम्पस, माओवादी निकट अखिल क्रान्तिकारीले १० वटा र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले ३ वटा क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको हो।
कांग्नेस निकट नेविसंघ
१–त्रिचन्द्र
२–पद्दमकन्या
३–शंकरदेव
४–मिनभवन
५–पशुपति
६–पाटन
७–आई ओ एम महाराजगन्ज
८–टिचिङ् नर्सिङ्
९–आयुर्वेद क्याम्पस
१०–जन प्रशासन
११–सरस्वती
१२–ग्रामीण आदर्श
१३–कोटेश्वर
१४–भक्तपुर बहुमुखी
१५–केआईसी कालिमाटी
माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी
१–थापाथली
२–सानोठीमी
३–पुल्चोक
४–नेपाल ल
५–पब्लिक युथ
६–विश्वभाषा,
७–एनआर कलेज
८–नेशनल इन्जिनियरिङ
९–हिमालयन इन्जिनियरिङ क्याम्पस
१०–शिक्षा क्याम्पस थली
एकीकृत समाजवादीको अनेरास्ववियू
१–आर आर
२–महेन्द्र रत्न ताहाचल
३–बानेश्वर क्याम्पस
तीनै संगठनका अध्यक्ष दुजाङ शेर्पा, पन्चा सिंह र सुदेश पराजुलीले सहमतिमा हस्ताक्षर गरिसकेका छन्।





















