गाेरखा / अजिरकाेट गाउपालिका वडा न ३ हंसपुर (साविककाे वडा न २) काेलकाटे कालाेभाेयकाे देवी सामुदायिक बनमा एकृकित वस्ति विकासका नाममा ‘व्यवस्थित बस्ति विकास कम्पनी’ले ‘रजाँइ’ गरेकाे छ ।
हाेमस्टे प्रबन्धका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले विनियाेजन गरेकाे ४० लाख बजेटमा बस्ति विकास गर्ने भन्दै कम्पनीले सामुदायिक वनमा रजाँइ गरेकाे हाे ।
स्राेतका अनुसार कालाेभाेयमा जग्गा अपुग भएपछिसंगै रहेकाे सामुदायिक बनमा सडक बनाउन थाल्य । सडक बनाउनका लागि बनका अध्यक्ष बिष्णुचन्द्र अधिकारीले बनमा खबर नै नगरी कम्पनीकाे प्रभावमा परि सिफारीस दिन सहमति भएपछि पलटिङ्ग थालेका थिए ।
विवादमा परेपछि डिभिजन वन कार्यालय गाेरखाबाट खटिएका टाेलीले उनीहरूलाइ कार्वाही किन नगर्ने भन्दै सामुदायिक बनलार्इ साेधेपछि अहिले वन क्षेत्रमा पलटिङ्गकाे काम बन्द भएकाे छ । कम्पनीका अध्यक्ष गाेविन्द्र धिताल हुन् ।
जव वनले कम्पनीलाइ २० हजार जरिवाना ताेक्याे
अझ राेचक पक्ष त के छ भने ६० राेपनी क्षेत्रफलमा पलटिङ्ग गरेकाे कम्पनीले किन बनकाे जग्गामा सडक बनायाे ? सडक बनाएपछि स्थानियकाे विराेधपछि वडा न २ काे वडाभेला भयाे ।
वडा भेलाले सामुदायिक बनकाे जग्गामा सडक बनाएकाे भन्दै कम्पनिलाइ २० हजार जरिवाना गर्याे । संगै बनका सदस्यलाइ जानकारीविना कम्पनीलाइ बनकाे जग्गामा बाटाे खन्न दिने अध्यक्षलाइ समेत कार्वाहीकाे निर्णय गर्याे ।
कम्पनीले बस्ति निर्माणका क्रममा जग्गाकाे क्षेत्रमा जे-जति सडक बनायाे त्याे ततकाल हटाउने, वृक्षाराेपण गर्ने, वाल लगाउने लगायतकाे निर्णय गर्याे । अहिले कम्पनीले वनकाे क्षेत्रमा बृक्षाराेपण सहितका अन्य काम गर्दै आएकाे ।
‘हाईप्रोफाइल व्यक्ति’काे लगानी
पलटिङ्गमा अजिरकाेट गाउपालिका अध्यक्ष फणिन्द्र धिताल, सिकाेडरका प्रवन्ध निर्देशक गाेविन्द्र धिताल, नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य गाेविन्द्र धिताल, लामा कन्ट्रशनका ठेकेदार जनक भट्ट र पिताम्बर बडु, मसेलका ठेकेदार उत्तम भट्ट, हर्मिका डाेलनाथ सापकाेटा र लप्सिबाेटका हरेराम अधिकारी र शिव प्रसाद अधिकारीसहित १२ जनाकाे लगानी रहेकाे छ ।
अझ यहाँ राेचक पक्ष त के छ भन्ने तत्कालिन समयमा अजिरकाेट क्षेत्रमा सहकारी सञ्चालन गर्दै आएकाे सिकाेडर नेपाल नामक संस्थाकाे लगानी भएकाे जग्गा कसरी व्यक्तिकाे नाममा आयाे भन्ने बिषय गम्भिर रहेकाे छ ।
स्राेत भन्छन् ‘ २०५०-५४ काे सेराेफेराेमा लामिडाडाँमा सिकाेडर नेपालले सामुदायिक बिद्यालय सञ्चालन गरेकाे थियाे । विद्यालय अहिले पनि सञ्चालनमा रहेकाे छ । त्यहि एक भवनमा सिकाेडरकाे सम्पर्क कार्यलय थियाे । तत्काल सिकाेडर नेपालमा रहेका सदस्यमध्ये अहिले कम्पनीका अध्यक्ष गाेविन्द्र धिताल मात्र छन् । अरू काहाँ गए, तिनिहरूकाे शेयर कता गयाे र पछिल्लाे समय कसरी ‘हाइप्राेफाइल व्यक्ति ‘ लगानीकर्ता भएर प्रवेश गरे । त्याे बडाे अचम्मकाे छ । ‘
९ जना शेयरसदस्य भएकाे सिकाेडर नेपालले नै त्यहि कालाेभुयमा २०५२/५३ सालमा करिब २६ राेपनी जग्गा किनेकाे थियाे । तत्कालिन रूपमा काैडीकाे भाउमा किनेकाे जग्गाकाे मुल्य अहिले आकाशिएकाे छ ।
यसमा उनीहरूकाे लगानी रहेकाे स्राेत दावी गर्छ । स्राेतका अनुसार सिकाेडर नेपालकाे नाममा रहेकाे जग्गा समेत उनीहरूले आफ्नाे नाममा ल्याइसकेका छन् ।
सिकाेडर नेपाल
तत्कालिन सशस्त्र माओवादी आन्दाेलनमा निशानामा परेकाे संस्थाहरूमा सिकाेडर पनि एक हाे । सिकाेडरले २०४८ तिर साविककाे हंसपुर गाविसकाे लामिडांडामा कार्यालय स्थापना गर्याे । खासमा यस संस्थाले सहकारी तथा स्थानिय स्थरमा रहेका समुहमा अप्रत्यक्ष तथा प्रत्यक्षरूपमा लगानी गर्दै आएकाे थियाे ।
पछि २०५६ तिर तत्कालिन बिद्राेही माओवादीकाे निशानमा संस्था परेपछि तत्काल विद्यालय बन्द भयाे । विद्यालय त पछि स्थानिय स्तरमा सञ्चालनमा भयाे तर, सिकाेडर भने विभिन्न सहकारी संस्थामा तालिम दिने तथा लेखा परिक्षण गर्दै आएकाे थियाे ।
‘तत्कालिन रूपमा सहकारी मार्फत लगानी बढाएकाे संस्था कसरी व्यबसाहिक बस्ति विकासमा हात हाल्याे ?’ नाम उल्लेख नगर्ने शर्तमा तत्कालिन एक सदस्यले भने ‘तत्कालिन समयमा सहकारी मार्फत स्थानियकाे मन जिते पछि अहिले बस्ति विकासमा मन जित्न यसताे गरेकाे हुन्रपर्छ।’ ( गोरखा सन्देशबाट)





















