काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित भएकी छन्। इन्दिराले १६६ मत ल्याएर उपसभामुखमा निर्वाचित भएकी हुन्।
प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले ९७ मत ल्याइन्। कूल २६४ मत खसेको सभामुख देवराज घिमिरेले जानकारी दिए। जसमध्ये १ सांसद् तटस्थ बसे।





















