मुग्लिन – सडक डिभिजन कार्यालय भरतपुरले सम्भावित पहिरो जान सक्ने स्थानहरुमा उपकरण तयारी अवस्थामा राखेका छन् । सडक डिभिजन भरतपुर अन्तरगत पहिरो जाने स्थानहरूमा तयारी अवस्थामा अपरेटर सहित चार वटा यन्त्रिक उपकरणहरु राखिएको कार्यालयका सुचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुग्लिन साईट क्याम्पमा एक, सेती दोभान साईट क्याम्पमा दुई र कालिगण्डकी करिडोरमा एक वटा उपकरण तैनाथ अवस्थामा रहेका छन् ।
पहिरो जाने स्थानहरूमा चाडपर्व लक्षित यात्रुहरूको बिचल्ली नहोस, समयमै गन्तव्यसम्म पुग्न सकुन भन्ने उदेश्यले तत्कालीन अवस्थामा अवरुद्ध सडक छिटोभन्दा छिटो संचालनमा ल्याउनको लागि अपरेटर सहितका यान्त्रिक उपकरण तैनाथ अवस्थामा राखिएको सुचना अधिकारी आचार्यको भनाई छ ।





















