चितवन – भरतपुर महानगरपालिका ११ नौरङ्गे स्थित श्री नव जागृति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजु परिवार चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा मङ्गली दराई , लिला बहादुर प्रजा ,सुदन गुरुङ्ग , गंगा श्रेष्ठ लगायतका नौ जना रहेका छन् ।
विद्यालयको प्राङ्गणमा मान बहादुर गुरुङ्गको अध्यक्षता तथा शिक्षा अधिकृत श्री ऋषिराम शर्मा को प्रमुख अतिथि मा भएको अभिभावक भेलामा अथितिहरुमा कमलादेवी मन्दिर टोल विकास संस्थाको उपाध्यक्ष नबिन बाबु मरहट्टा , दिपेन्द्र टोल विकास संस्था का अध्यक्ष महेश भुजेल , शैक्षिका सुधार समितिका अध्यक्ष हरि भट्ट , सल्लाहकार विनोद भुजेल लगायतका को उपस्थिति थियो ।
अभिभावक भेलामा कार्यक्रमको संचालक प्रधानाध्यापक कृष्णप्रसाद पराजुली ले गर्नुभएको थियो ।






















