चितवन : चितवनको भरतपुर १० एयरपोर्ट पछाडी रहेको चितवन गार्डेन रिर्सोट (CGR )ले विभिन्न समाचार माध्याममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै रिर्सोटमा कती जनाले खाना खाएको हो भनी अनुसन्धनामै रहेका बेलामा सिजिआरमा ३०० देखि ५०० जना विरामी भएको भनि आएको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।
कम्पनीका अनुसार उक्त दिन कती जनाले खाना खाए हो एकिन भएको छैन । सम्पूर्ण विरामीहरुको उपचारका लागि कम्पनीले जिम्मा लिएको र हाल सम्म नेश्नल सिटी हस्पिटलको विवरण अनुसार ७५ जना निको भएर घर फर्किसकेको कम्पनीले जनाएकोछ ।
खाना खाएर विरामी भएको खबर पाउनसाथ पाँच सदस्यीय छानविन समिति समेत गठन गरिएको र उक्त समितिले होटलमा कार्यरत स्टाफहरुलाई विभिन्न चरणमा सोधखोज गरिरहेको र हाल थप अनुसन्धनानको लागि होटलको कार्यकारी सेफ र स्टोर प्रमुखलाई निलम्बन गरेको जनाएको छ ।
जिल्लाका नियमक संस्थाहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला खाद्य कार्यालय, भरतपुर महानगरपालिका लगायत निकायहरुबाट अनुगमन गरि अनुसन्धनाकै क्रममा रहेकोले कार्यालयहरुको प्रतिवेदन र सुझावहरुको आधारमा आगामी दिनहरुमा होटलमा देखिएको सम्पूर्ण कमीकमजोरीहरुको सुधार गरि मानव स्वास्थ्यसंग प्रतक्ष्य सरोकार राख्ने विषयबस्तुहरुमाथि होटल संचालकहरु तथा कर्मचारीहरु थप जिम्मेवारीका साथ घटनाहरु दोहोरिन नदिई गुणस्तरीय सेवा दिने प्रतिवद्धता सहित विरामीहरुको स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।






















