काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेबीच भेट भएको छ। ओली निवास बालकोटमा शुक्रबार राति उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा उनीहरू समसामयिक विषयमा कुरा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिए। नयाँ सरकार गठनको स्पष्ट तस्बिर नआइरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग संवाद गरिरहेको छ। सोहीअनुसार ओली र लामिछानेबिच भेटवार्ता भएको स्रोतको भनाइ छ।
मंसिर ४ को निर्वाचनमा एमालेले ७८ सिट जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जितेको छ।





















