चितवन: यही मंसिर ४ गते भएकनो प्रतिनिधि सभा एबं प्रदेश सभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । जिल्लाको क्षेत्र नम्बर ३(१) र २(१)को मत परिणाम आएको छ ।
प्रदेशसभा अन्तरगत चितवन क्षेत्र नं. ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिर बहादुर तामाङ बिजयी हुनुभएको छ । तामाङले नेपाली कांङ्ग्रेसका प्रा.डा. सुर्यकान्त घिमिरेलाई २ हजार ८ सय ५७ मतले पछि पार्दै विजयी हुनु भएको हो । आज बिहान सकिएको प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना अनुसार १७ हजार ८ सय १३ मतका साथ तामाङ प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम् प्रतीस्पर्धी लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेपाली काङ्ग्रेसका प्रा.डा. सुर्यकान्त घिमिरेले १४ हजार ९ सय ५६ मत प्राप्त गर्नु भएको छ । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार ६ सय २३ मत पाउनुभएको छ ।
यस क्षेत्रमा ८ जना उम्मेदवार रहेका थिए । क्षेत्र नम्बर ३ (१)मा ५० हजार २१२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै चितवन क्षेत्र नम्बर २(१) मा कृष्ण प्रसाद सिलवाल बिजयी हुनुभएको छ । उहाँ १ हजार २४० मतान्तरले बिजयी हुनु भएको हो ।
उहाँले १६ हजार ५ सय मत प्राप्त गर्दा लोकतान्त्रीक बाम गठवन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार २६० मत प्राप्त गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले ५ हजार १९३ मत प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्बाचन अधिकृत छ ।
यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा ३ हजार ५० मत वदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





















