चितवन – चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
अहिले सम्पन्न मत गणनामा ३४ हजार १६२ मतको भारी अन्तरले विजयी भएका हुन् ।
पछिल्लो परिणाममा लामिछानेले ४९ हजार २६४ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५हजार ९९ पाए ।
त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेल १४हजार ६४९ मत ल्याए तेस्रो भए । पोख्रेल यहाँबाट दुई पटक सांसद भइसकेका व्यक्ति हुन् ।
निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ । यहाँ ८४ हजार ३२७ मत खसेको थियो ।





















