चितवन – प्रतिनिधि सभा चितवन निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका डा. विश्वनाथ पौडेलले अग्रता कायमै राखेका छन् ।
तीन हजार ४३८ मत गणना भइसक्दा पौडेल एक हजार १२१ मतसहित अग्रस्थानमा छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याईरहेका छन् । उनले हालसम्म एक हजार ९१ मत पाएका छन् ।
उता नेकपा एमालेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा छन् । पाण्डेले आठ सय ३४ मत प्राप्त गरेका छन् ।





















