भरतपुर : चितवन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले बिहीबार (आज) भरतपुर १४ देखि क्रमशः राधापुर, भिमसेन नगर, शुन्दरबस्ती, पटिहानी, पदमपोखरी, टाउन र शान्तिपुरमा त्यहाँका जनतासंग भोट माग्न पुग्नुभएका ढकालले सुकुम्बासी समस्या हल गर्दै लालपुर्जा दिन कत्तिपनि कन्जुस्याइँ नगर्ने बताउनुभएको छ ।
चि.रा.नि. कारण वारीपारी बसोबास गर्ने माडी र राप्ती नजिकका जनताको समस्या स्मरण गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्ने जिकिर गर्नुभयो ।
नेता ढकाल मतदाता समक्ष पुग्दा माडीबाट बिबाह एवं बसाइँसराइ गरी भरतपुर गएका र भरतपुरबाट माडी आएका मतदाताले जनताको एकमात्र आशा र भरोसा ठाकुर नै रहेको प्रतिक्रिया दिएका थिए ।





















