चितवन : चितवन क्षेत्र नम्वर २ (क) बाट प्रदेशसभा सदस्यका नेकपा माओवादी केन्द्र बाट गठबन्धनका साझा उम्मेदवार घनश्याम दाहाल (अविनाश ) ले आफुले चुनाव जित्ने बलियो आधार भनेको पाँच बर्षमा आफुले गरेको काम भएको बताउनुभएको छ ।
आज चितवनको इच्छाकामनामा घरदैलो कार्यक्रममा आउनुभएका दाहालले पाँच बर्षमा आफुले आफ्ना निर्वाचनमा क्षेत्रमा सडक बाटो खानेपानी विद्यालय भवन निर्माण, खेल मैदान निर्माण कृषि क्षेत्र लगायतमा गरेको काम नै जित्ने आधार मुख्य भएको बताउनुभयो ।
आफु चर्चा भन्दा पनि यहाँको जनताको समृद्धि र विकासका लागि परिरहेको बताउनुभयो । उहाँले केहीले आफुले पहल गरेर निर्माण भएका विकास निर्माणका कामहरु आफुले गरेको भन्दै हिडेको बताउनुभयो ।
अधुरा काम पुरा गर्न र यहाँको समृद्धिका लागि पुन काम गर्ने अवसर यहाँका जनताले दिने उहाँको विश्वास छ ।
आज इच्छाकामना वडा नम्बर ४ कुरिनटार देखि वडा नम्बर ५ मुग्लिन सम्म गठबन्धनले घरदैलो कार्यक्रम गरेका थिए ।
यस्तै चुनावी घरदैलो कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन ) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















