चितवन – चितवन क्षेत्र नम्वर २ प्रदेश सभा (क) का उमेदवार वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रि माननीय घनश्याम दाहाल अविनाश ले सडकलाई कालोपत्रे गर्ने, नदी तटबन्धन गर्ने र पुल लगायत पर्यटकीय मार्ग निर्माण गर्ने बताउनु भएको छ ।

शक्रबार कालिका नगरपालिकाको खोलेसिमल बजारमा चुनावी कोण सभालाई सम्बोधन गर्दै मन्त्रि दाहालले कालिकामा पिछडिएको वडाहरुको पहिचान गरि सडक पहिलो प्राथमिकतामा परेको बताउनु भएको हो ।
पहिलाको निर्वाचनपछि यो ठाउँको विकास नै ओझेलमा परेको दाहालले बताउनुभयो । म निर्वाचित भएपछि मैले पारेको बजेटमा जति काम भए, भए । त्यसबाहेक कुनै पनि काम भएको देखिएन,’ दाहालले भन्नुभयो, ‘त्यसैले यो ठाउँको विकासमा म नै चाहिएको रहेछ ।’

यस खोलेसिमललाई पर्यटकीय मार्गको विकास गर्न पहल गर्ने धारणा राख्नुभएको थियो । पर्यटकीय मार्ग मात्रै निर्माण भयो भने पनि यहाँको होटल व्यवसाय र यहाँको कृषि उपजले बजार पाउने मन्त्रि दाहालले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा (सुमन) लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















