चितवन / चितवन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले चितवन- ३ मा केपी शर्मा ओलीले मैदान खाली गराएर वाम – लोकतान्त्रिक उम्मेदवारहरुलाई सहयोग गरेको बताएका छन्।
माडीको बसन्तपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता ढकालले देशका सबै पूर्वाधारहरुको विकास गर्न सक्ने सक्षम युवा डा. भोजराज अधिकारी भएको हुँदा ओलीले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता गराएको बताएका हुन्।
दुईपटक गा.वि.स. अध्यक्ष हुँदा र एकपटक संस्थापक नगर प्रमुख हुँदा आँफूले थुप्रै विकासका योजना अगाडि सारेको र विकास गरेको हुँदा जनताले बिजयी गराउने बताए।
उनले निकुञ्जका कारण जनताको समस्या स्मरण गर्दै विगत लामो समयदेखि आजसम्म निरन्तर लाग्दै आइरहेको जिकिर गरे। साथै उनले सम्बोधनका अन्त्यमा म फेरी पुनः एकपटक जनताका समस्या समाधान गर्छु भनेर आएको हुँ तर तपाईंहरु तैले सक्दैनस् भन्नुहुन्छ भने जसलाई जिताउन मन लाग्छ उसैलाई मत दिनु मेरो यसमा भन्नु केही छैन भन्ने अभिव्यक्ति दिएका थिए।





















