भरतपुर । संघ र प्रदेशको निर्वाचन संघारमा छ । प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारहरूले घरदैलो अभियानलाई तिब्रता दिईरहेका छन् ।
यसै सन्दर्भमा चितवन निर्वाचन क्षेत्र २ (क) प्रदेशसभा सदस्यका उम्मेदवार उमेदवार वागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रि माननीय घनश्याम दाहाल (अविनाश) ले भरतपुरको विकासका लागि अनवरत संघर्ष गर्ने बताएका छन् । दाहालका अनुसार भरतपुरको बाँकी विकास सम्पन्न गर्न पनि म विजयी हुनुपर्छ ।
यसअघि पनि प्रदेश सभा कै रूपमा कार्य गरि प्रतिनिधि सभामा निर्वाचितले भन्दा बढि बजेट ल्याएर विकास गरेको उल्लेख गर्दै उनले फेरि पनि रातदिन जनताकै सेवामा क्रियाशील हुन चाहेको बताए ।
बुधबार भरतपुर महानगरपालिका १ को देवघाटमा चुनावी घरदैलो कार्यक्रममा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार दाहालले जनताको चाहना अनुसार काम गर्न आफु निर्वाचनमा आएको बताए ।
“पहिलोपटक निर्वाचित हुदाँ मैले यहाँको सडक, पुल पुर्वाधार निर्माण योजना अघि बढाए”, उनले भने, ” अझै काम गर्न बाँकी छ, केही खोलाका पुलसँगै तटबन्ध आयोजना सम्पन्न गर्न पनि म निर्वाचित हुनुपर्छ” ।
देवघाट धार्मिक पर्यटन क्षेत्रलाई थप व्यवस्थित रूपमा विकास गर्ने दाहालको योजना छ । “म काम गर्छु, गरिरहेको छु,” दाहालले भने, “यत्ति जानकारी हुदाँहुदै पनि म बाहेक कोही यो उम्मेदवार छन् भन्ने यहाँहरूलाई लाग्छ भने उसैलाई मतदान गर्नुहोस” । त्यसकारण कसैको पछि नलाग्न आग्रह गर्दै उनले विचारको पछि लाग्न अनुरोध गरे ।

यस्तै घरदैलो कार्यक्रममा चितवन क्षेत्र न. २ प्रतिनिधि सभा सदस्यको उमेदवार उमेश श्रेष्ठ , नेकपा माओवादी केन्द्र बाट बागमति प्रदेश सभाका समानुपातिक उमेदवार ईश्वर सापकोटा ( सुमन) , नेकपा माओवादी केन्द्र का बरिष्ठ नेता नारायण दाहाल लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।





















