चितवन : श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले चितवन क्षेत्र नं. २ को विकास र समृद्धिका लागि आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन ।
कालिका नगरपालिा वडा ९ र १० र ११ वडाका विभिन्न ठाँउमा आयोजित चुनावी भेटघाटलाई सम्बोधन गर्दै मन्त्री दाहालले विगतदेखी नै चितवनको विकासका लागि आवाज उठाईरहेको र आगामी दिनमा समेत निरन्तर पहल गरिरहने बताएका हुन ।

आफ्नो ५ वर्षे कार्यकालमा पटक पटकप्रदेश सभामा यहाँको विकासको लागि कुरा उठाउदै आएको बताउँदै उनले विकट क्षेत्र भनेर चिनिने ईच्छाकामना र कालिका नगरको पहाडी क्षेत्रमा विकासमा अब मुल फुट्न सुरु भएको उल्लेख गरे ।
उनले यो पटक आफूले पर्यटन, कृषि र प्राविधिक शिक्षामा मुख्य जोड दिदै, सबैलाई सीपमूलक बन्न प्रेरित गर्ने खालका योजना अघि सारेको बताए । साथै उनले छिटै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालनका आफू कटिवद्ध भएको स्पष्ट पारे ।






















