चितवन / चितवनको कालिकामा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरु बढि रहेका छन् । निर्वाचनको मिति नजिकिएसगैँ माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर चलिरहेको छ ।

बुधबार नेकपा एमालेका पार्टी परित्याग गरि कालिका ८ न्युरेनिका २२ जना र कांग्रेसका २ जना गरी २४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुलाई चितवन क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का उम्मेद्वार घनश्याम दाहाल ‘अविनास’ले माओवादी केन्द्रमा स्वागत गरे ।
केही दिन अघि मात्र कालिकामै नेकपा एमालेका २२ जना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको थिए ।
त्यस्तै एमाले बाट प्रवेश गर्नेहरुमा राम कुमार ढकाल , निम बहादुर ढकाल , केश बहादुर अधिकारी , राम बहादुर अधिकारी, विष्णु अधिकारी , सिताराम अधिकारी , रमेश गौतम , रबिन गौतम , तुलसी भुजेल , प्रज्वल भण्डारी , निर्मला अधिकारी , गोमा अधिकारी , कृष्ण बहादुर लामा , जमुना भुजेल , र्गगा भुजेल , राजन श्रेष्ठ ,उषा बढाथोकी , रामहरि केशी , सरस्वती यादी , राम बाबु अर्याल , तोप बहादुर मगर , निर्मला भुजेल , टेक प्रसाद ढकाल , मन नारायण श्रेष्ठ , कांग्रेसबाट प्रबेश गर्नेहरुमा राम बहादुर अधिकारी , उषा बढाथोकी रहेका छन् ।






















