भरतपुर / सत्ता गठबन्धनको चितवन निर्वाचन क्षेत्र ३ अन्तर्गत प्रदेशसभा (ख) कार्यालय पटिहानीमा उद्घाटन भएको छ । साे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै चितवन ३ प्रतिनिधिसभा सदस्य उमेदवार डा. भाेजराज अधिकारीले पश्चिम चितवनको विकास र समृद्धिका लागि आफूलाई निर्वाचित गरिदिन जनतासँग अनुराेध गरेका छन् ।
यहाँका जनताले दलगत भावनामा मात्र नहेरि साझा प्रतिनिधिकाे रूपमा बुझिदिन उनको आग्रह छ । यहाँको संकटसँग खाईखेलेकाे हिसाबले समस्या सम्बाेधन गर्न आफूलाई मतदान गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।
पटिहानीमा राप्ती नदि र जंगली जनावरबाट हुने समस्या हल गर्न विशेष याेजना ल्याउने डा. अधिकारीले बताए । सुकुम्बासी समस्याको दिगो समाधान देखि पर्यटन र खेलकुद क्षेत्रकाे विकासका लागि पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गरेका छन् ।
लालपुर्जा वितरणका लागि बाँकी प्रक्रिया पुरा गर्न मंसिर ५ पछि पहल गर्ने प्रदेश ख गठबन्धनका उमेदवार ठाकुर प्रसाद ढकालले बताएका छन् ।
आफू माओवादीकाे मात्रै उमेदवार नभएको बताएका उनलेे गठबन्धनको साझा उमेदवार भएको बताए । आज नै ३ (ख) अन्तर्गत माडीमा समेत निर्वाचन परिचालन कार्यालय उद्घाटन भएको छ । ।





















