काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओनसरी घर्तीलाई जिताए विकासे मन्त्री बनाउने बताएका छन्।
काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले घर्तीलाई उम्मेदवार बनाएर पठाउनु कठमाडौं क्षेत्र नम्बर २ का जनताप्रतिको सम्मान भएकोसमेत बताए।
‘ओनसरी घर्तीभित्र मैले केही प्रतिभा छ भनेको थिएँ। उहाँले पार्टीबाट जहाँ भए पनि लड्छु भन्नु भएको थियो। ओनसरी सहित सबैलाई जिताउनुस्। उहाँलाई विजयी बनाएपछि म राम्रो विकासे मन्त्री बनाएर पठाउँछु’ प्रचण्डले भने।
उनले गठबन्धन चुनौती र अवसर दुवै भएकाले सचेत भएर लाग्न नेता कार्यकर्तालाई आग्रहसमेत गरे।





















