चितवनको क्षेत्र न. १ बाट स्वतन्त्र उमेद्धवार दिने तयारीमा रहेका जीवन लामा एक समाजसेवी व्यक्ती हुन् । २०३० बैशाख १५ गते बाबु तिलक बहादुर लामाको पहिलो छोराको रुपमा चितवनको रत्ननगर वडा न. ९ टिकौलीमा जन्मनु भएका जीवन लामा हुन । उहाँ टिकौलीका स्थापित समाजसेवी हुनुहुन्छ ।
दस बर्षको उमेरमै रत्ननगर टिकौली क्षेत्रमा पर्ने बीस हजारी तालजाने बाटो मात्र नभएर कपरखोरी आदि क्षेत्रको बाटो बनाउने तथा खाल्डाखुल्डी पुर्ने कार्यमा आफ्नो जन श्रमदानले त्यो क्षेत्रमा सानै उमेरमा नाम कमाएको स्थानिय बासिन्दाको कथन रहेको छ । बि स २०५० सालमा राप्ती , खैरेनी,क्षेत्रमा आएको बाढी अर्थात दैवीक प्रकोपमा ,बाढी पीडितलाई उल्लेखनीय सहयोग र उद्धार गरेवापत स्व श्री ५ बीरेन्द्र वीर बिक्रम शाहदेव सरकारबाट “ दैवीक प्रकोप पदकले“ बीस बर्षको उमेरमा बिभुषित हुनु भएको थियो ।
एथलेटिक्स खेलको पाच विधामा (सटफुट ,डिसकस थ्रो, जेवलिङ्ग थ्रो, ह्याङ्गर थ्रो र कपड्डीमा ) राष्ट्रिय लेभलमा प्रतिस्पर्धा गर्नु भएका जीवनलामाले यीनै बिषयमा विभिन्न स्कुलमा गएर विद्यार्थीलाई फ्रीमा तालिम दिनुहुन्छ । हुनत फुटवलमा राष्ट्रिय लेभलमा पर्नु भएकाजीवन लामा जुडोमा अधिराज्य ब्यापी प्रतियोगितामा द्वितीय भएर आफ्नो बहुआयामिक ब्यक्तित्वको उजागर गर्नु पनि भएको थियो ।
रेडक्रसका आजीवन सदस्य रहेका जीवन लामाले पुरानो मेडिकल कलेजमा ब्यब्स्थापकिय प्रमुखको रुपमा काम गर्दा गरिव दिन दुखीकोलागि आफ्नै तलवबाट तथा आपसी मन्जुरीमा पैसा नभएकोलाई उपचार गराउनु हुँदा मेडिकल कलेजमा पाँच करोड भन्दा बढीको रकम उहाँको नाममा बेरुजु रहेको बताउनु हुन्छ । अस्पतालमा ईमर्जेन्सी बिरामी ल्याउदा पैसाको अभावमा कसैको ज्यान नजाओस् भनेर नागरिकतामा भर्ना गराएर उपचार गर्ने पद्दतोको बिकास उहाँकै पालामा भएको हो ।
भरतपुर मेडिकल कलेजबाट शुरु भएको यो कार्य आज नेपाल अधिराज्यका अस्पतालहरुमा लागू भएको देख्दा आफुलाई मेडिकल क्षेत्रमा केही गरे जस्तो लाग्ने बताउनु हुन्छ । हुन त सो कार्य गर्दा मेडिकल कलेजको पाँच करोड बेरुजु आफ्नो नाममा रहेको कुरा बताउनु हुन्छ ।
पाँचसय भन्दा बढी ब्यक्तिलाई आफ्नै सेक्युरिटी कम्पनी खोलेर रोजगार दिनु भएका जीवन लामाका उल्लेखनीय सामाजिक कार्यलाई निम्न बुधामा समेटेर उहाको सामाजिक ब्याक्तित्वको पाटलाई केलाउन सकिन्छ ।
रत्न नगर शिवालय मन्दिरको आजिवन सदस्य सङ्गै देवी मन्दिरको स्थापना , बीस हजारी तालजाने गोन्द्राङ्गको बाटोमा रहेको दुर्गा मन्दिर, भिमसेन मन्दिरको निर्माण पक्षसङ्गको सहकार्यमा निर्माण सम्पन्न ,भोजाडको गुम्बा मन्दिरकोलागि आर्थिक सड्ढलन , मौला कालिका मन्दिर निर्माण २०४९ देखि २०५६ सम्म श्रमदान , बागेश्वरी कोटिहोमको लागि २०४९ मा पनि श्रमदान आदि धेरै परोपकारी काममा उहाँले परोक्ष रुपमा सहयोग गर्नु भएको छ।
अपराध अनुसन्धान प्रशिक्षणको रुपमा नेपाल प्रहरीमा काम गर्नु भएका जीवन लामाले नारायणी यातायातमा काम गर्दा दस टन भन्दा बढी लोड बोक्न नपाईने सरकारको नियमलाई अक्षरसः पालन गराउनु भएकोले नारायणी यातायातले उहाँको योगदानलाई कदर गर्दै सम्मानित गरेको थियो । दस टन भन्दा बढी लोड बोक्ने गाडिले सडक बिगारेको हुदा नेपालामा गाडिको तौल जोख्ने काटा राख्नुपर्ने बाध्यता नेपाल सरकारलाई दिलाउन महत्वपुर्ण भुमिका खेल्नुभएको पनि थियो ।
सादा जीवन अनि परोपकारी बिचारका सच्चा अनुयायी जीवन लामा साकाहारी ब्यक्ती हुनुहुन्छ । पुर्विय योग दर्शनमा बिश्वास गर्नुहुने उहाँ सर्वधर्म समभावले ओतप्रोत हुनुहुन्छ । देशको मर्ममा दलालीका कर्मले छिया छिया पारेको यस घडिमा दलका कृयाकलाप दलालीका पृष्ठपोषक शिवाय केही हैन ।
ब्यक्तिले दललाई बिश्वास गरेको खण्डमा देश भडखालोमा जान उद्धत भएकोले स्वतन्त्र ब्यक्तीलाई राष्ट्रबादी अनि देशभक्ती जनताले जिताएर प्रतिनिधी सभामा पठाएमा दल भित्रका कुकृत्य जनमानसमा ल्याउन सकिने कुरामा लामा दृढ बिश्वस्त हुनुभएकोले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा उम्मेदवारी दिनुहुने लामालाई जीताएर भ्रष्टाचारी अनि दलालीको कुकृत्यलाई अख्तियारको कठघारामा उभ्याउनको लागि सम्पुर्ण जनसमुदायलाई जीवन लामालाई भोट दिनको लागि लामाले बिन्रम अनुरोध गर्नुभएको छ ।
स्वतन्त्र उमेद्धवार दिने तयारीमा रहेका को हुन् त जीवन लामा ?
स्वतन्त्र उमेद्धवार दिने तयारीमा रहेका को हुन् त जीवन लामा ?
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















