गोरखा / गोरखाको गण्डकी गाउँपालिका ४ फुजेलमा पहिरोमा परि लक्ष्मी गुरुङ्ग महिलाको मृत्यु भएको छ । उक्त महिलाको श्रीमान् र दुई छोरा रहेका छन् ।
फुजेलको कौदीमा सोमवार बिहान पहिरोमा परी स्थानीय गुरुङ्गको मृत्यु भएको हो ।
अविरल वर्षासँगै खसेको पहिरोमा अन्दाजी ३४ वर्षीया महिलाको गोठ माथिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको स्थानीय दिपक गुरुङ्गले जानकारी दिए । सडक भासिएर पहिरो आएको समेत उनले जानकारी दिए ।
पहिरोले पुरिएको अवस्थामा उनलाई निकालिएको समेत गुरुङ्गले जानकारी दिए । पहिरोले गोठ पूर्णरूपमा क्षतिग्रस्त बनेको जनाइएको छ । पहिरोमा परि १० वटा बाख्रा समेत पुरीएको छ ।
स्थानीयवासीले शव पहिरोबाट बाहिर निकालेका हुन् । उद्धार तथा राहतका लागि जनप्रतिनिधि, प्रहरीलगायत घटनास्थल गएर निरिक्षण गरे ।
फाइल फोटो





















