
भरतपुर / नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनले शनिबार अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। चितवन जिल्लाभर रहेका विभिन्न मगर संघ सस्थाहरुसंग रहेर कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिमा नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका अध्यक्ष ठाकुर सिंह आलेमगरले चितवनमा भर्खरै गठन गरिएको समितीलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । साथै उहाले आउदा दिनहरुमा निष्पक्ष तरिकाले समाचार सम्प्रेषण गर्न पनि आग्रह गर्नुभयो । फरक प्रसङ्गमा बोल्नुहुदै उहाले मगरसंघ भित्र पनि थुप्रै समस्याहरु रहेको भन्दै त्यसलाई आगामी दिनहरुमा समाधान गरेर अघि बढ्न आग्रह गर्नुभएको छ ।
त्यस्तै, नेपाल आदिवासी जनजाति पत्रकार महासघं चितवन जिल्लाका अध्यक्ष रमेश रानामगरले सम्पुर्ण मगरहरु एकताबद्ध हुनुपर्ने बताउनुभयो । उँहाले मगर पत्रकार संघ र जिल्लामा रहेका अन्य मगर संघसस्थाहरु एक अर्काको परिपुरक रहेको भन्दै एक बिना अर्को अपुरो हुने बताउनु भएको हो । साथै उहाले आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु मिलेर अगाडी बढ्न आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले चितवनमा मगर पत्रकार संघ गठन गरिनु खुशिको कुरा भएको बताएका थिए । मगरहरु सधै पछाडि परिरहेको अवस्थामा मगर पत्रकार संघ गठन गरिनु गौरवको विषय भएको भन्दै आगामी दिनहरुमा आफ्नो संघसस्थाको तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत व्यक्त गदै प्रचार–प्रसारकै अभावले गर्दा नै मगर जातिका चाडपर्वहरु पछाडि परेको गुनासो समेत गरेका थिए । आगामी दिनहरुमा जिल्लामा आवद्ध रहेका सम्पुर्ण संघ सस्थाहरु एक आपसमा मिलेर अगाडि बढ्नुपर्ने सुझाब उनीहरुको छ ।

नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई नेपाल मगर पत्रकार संघ जिल्ला समिति चितवनका सचिब मुना लम्तरी मगरले संचालन गर्नुभएको थियो । अन्तर्क्रीया कार्यक्रमको बारेमा नेपाल पत्रकार संघ जिल्ला समिति चितवनका अध्यक्ष आशिक रानामगरले प्रकाश पार्नुभएको हो । कार्यक्रममा महानगर भित्रका झन्डै ३० वटा भन्दा धेरैका संघ सस्था तथा मगर विद्यार्थी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।






















