
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमाको क्षेत्रमा बीमितको पहुँच पुर्याउने कार्यमा उल्लेखनीय भुमिका खेल्दै आइरहेको बताउँर्दै बीमितको हित प्रति कम्पनी सदैव तत्पर रहेको बताए । पछिल्लो १० दिनमा कम्पनीले विभिन्न सामाजिक उत्तरदायित्ववहन गरी वृहत रुपमा अपत्यारीलो नतिजा प्राप्त गर्न सफल भएको समेत उनले बताए ।
कम्पनीले एकै दिनमा ५७१ जनाबाट वृहत रक्तदान, ७४८ जनालाई बीमा अभिकर्ता तालिम र सातवटै प्रदेशमा १३०२ जनालाई लाभान्वित हुने गरी स्वास्थ्य शिविर र ५८४८ विद्यार्थीमा बीमा साक्षरता जागरण कार्यक्रम सफलतापूर्वक आयोजना गरेको कम्पनीले जनाएको छ ।

त्यसैगरी आउँदा दिनहरुमा वृहत नतिजा आउने गरी अन्य कार्यक्रमहरु समेत गर्ने कम्पनीले जनाएको छ । साथै बीमितहरुलाई सरल र सहज बीमा सेवा प्रदान गर्दै दशेको बिकट ठाउँसम्म बीमा सेवा पुर्याउने उद्देश्यका साथै, आफूलाई बलियो र अब्बल कम्पनीको रुपमा स्थापित गर्ने समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुयाँलले बताएका छन् ।

सोहि कार्यक्रममा कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालले बीमा व्यवसायलाई व्यवस्थित गर्दै विस्तार गरी राष्ट्रको नितिएक घर, एक बीमा कार्यक्रमलाई आत्मसात गर्नु पर्ने आवश्यकतामा जोड दिए । यसका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्यवसायिक सफलतामा मात्र केन्द्रित नरही सामाजिक उत्थानमा समेत निरन्तरता दिने बताए ।
पाँचबर्ष अघि स्थापना भएको कम्पनीले हाल देशैभरी चितवन लगायत १४० भन्दा बढि शाखाहरुबाट बीमा सेवा प्रदान गरीरहेको छ ।






















