रत्ननगर / बुद्धिजीवि संगठन रत्ननगरको अध्यक्षमा गोविन्द खनाल चयन भएका छन। आज(शनिवार) रत्ननगरमा सम्पन्न नेकपा माओवादी केन्द्र निकट बुद्धिजीवीहरुको भेलाले खनाल अध्यक्ष रहेको २९ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा टीकाप्रसाद ढकाल, भूवनसिंह थापा, गोकर्ण ढकाल, सचिवमा कृष्णप्रसाद पराजुली, सहसचिवमा डिल्लीराम पोखरेल, देबेन्द्र विक,टंक खनाल र कोषाध्यक्षमा राधिका तिमिल्सिना चयन भएका छन् ।
पार्टीका प्रदेश सचिवालय सदस्य तथा नगर इन्चार्ज राजु अम्गाई”सुबोध” प्रमुख अतिथि रहेको सो कार्यक्रममा बुद्धिजिवी संगठनका जिल्ला संयोजक प्रा.डा.आइपी ढकाल, पार्टीका नगर अध्यक्ष श्याम बराल लगायतले मन्तव्य राखेका थिए ।





















