चितवन / नेपाली कांग्रेसका प्रवत्ता डा. प्रकाशशरण महतले संसदीय चुनावमा गठबन्धन गरेर जाने पक्षमा कांग्रेस रहेको बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज (बुधवार) नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा महतले केन्द्रिय सदस्यको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको बताउनुभएको हो ।
‘आउने आम निर्वाचना तालमेल, सहकार्य गरेर जाने निर्णय पनि पार्टीले सर्वसम्मत गरेको छ,’उहाँले भन्नुभयोे, ‘त्यसलाई अगाडि बढाउन छलफल अगाडि बढ्छ । हामी चाडै निस्कर्षमा पुग्छौँ भन्ने लागेको छ ।’ गठबन्धन गर्नेमा पार्टीभित्र विमति नरहेको महतको जिकिर छ ।
गठबन्धन गर्ने विषय कठिन भएपनि यसलाई सम्भब बनाउने गरि अगाडि बढ्ने बताउनुभयो । स्थानीय निर्वाचनको नतिजाले पनि विश्वास पैदा गरेको महतको दावी छ । तालमेल गर्दा पार्टीको अवस्थालाई हेरेर गरिने उहाँले बताउनुभयो ।
वाम गठबन्धनको बिषय चर्चामा आएका बेला महतले यो गठबन्धन निर्वाचनको बेलासम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा सरकार पक्षधरसंग नै तालमेल गरेर निर्वाचनमा जाने उहाँले बताउनुभयो ।
स्थानीय तहको निर्वाचनमा पार्टीका निर्णय विपरित उठेका कार्यकर्तालाई कारबाही गर्ने नगर्ने विषयमा छानविन समिति गठन गरिएको बताउनुभएको छ । पार्टीका सम्पूर्ण भातृसंगठनले साउन भित्र पूर्णता पाउने बताउनुभयो । भरतपुर आउनुभएका महतले सरकारको समेत बचाउ गर्नुभएको छ ।
उहाँले एक बर्षे कार्याकालमा कोभिड नियन्त्रण, एमसिसि पास, स्थानीय तहको निर्वाचन यो सरकारको प्रमुख उपलब्धी रहेको बताउनुभयो । महङगी नियन्त्रणमा सरकार लाग्ने बताउनभयो ।





















