भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वमसेविकाहरुलाई विदाई गरिएको थियो ।
गत वर्षदेखि महानगरले महिला स्वमसेविका कार्यको सम्मान गर्दै विदाई गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।त्यस्तै प्रदेश सरकारले पनि विदाई गर्दा रु २० हजार दिने गरेको छ ।
विदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वमसेविकाको कार्यको मुक्तकण्डले प्रशंसा गर्नुभयो ।जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वमसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो ।
यो रकम दिनुको उदेश्य यहाँहरुले गर्नु भएको सेवाको उच्च कदर गरेर दिएको सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो ।महानगरपालिकाले स्वमसेविकाको लागि अध्ययन भ्रमण, चाडवार्ड खर्च र यातयात खर्च भनेर रकम विनियोजन पनि गर्दै आएको मेयर दाहालले जानकारी दिनुभयो ।अवकास पाएका स्वास्थ्य स्वमसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वमसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
महिला स्वमसेविकाहरुलाई बाल स्वास्थ्य, मातृस्वास्थ्यतर्फ समुदाय स्तरमा काम गर्दै जनचेतना फैल्याउने काम गर्दै आइरहेका छन् ।
नेपालमा घर बाहिरा शौच गर्नेदेखि विभिन्न महामारी रोग विरुद्ध लड्न महिला स्वास्थ्य स्वमसेविकालाई परिचालन गर्दै आइएको थियो ।
नेपालका महिला स्वमसेविकाको कार्यको मूल्याङकन गर्दै विश्व स्वास्थ्य संगठनले पुरस्कृत समेत गरेको थियो ।





















