काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार कसले चलाउँछ भन्ने प्रश्न उठेको बताउनुभएको छ ।
आज दिउँसो सम्पादकहरूसँग अन्तक्र्रिया गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नि आरजु राणालाइ लक्षित गर्दै सरकार कसले चलाउँछ भन्ने दुनियाँलाई थाहा भइसकेको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तर्फ पनि लक्षित गर्दै जसले सरकार चलाएको भए पनि संवैधानिक प्रक्रियालाई ध्वस्त पारिएको, भ्रष्टाचार बढेको दाबी गर्नुभयो ।
अहिलेको अवस्था निरन्तर रहे देशको अर्थतन्त्र श्रीलंकाको जस्तै हुने दाबी अध्यक्ष ओलीको रहेको थियो । एमाले अध्यक्ष ओलीले बजेटमा सेटिङ, हतियार खरिद लगायतका प्रक्रिया जस्ता पछिल्ला घटनाक्रमको उदाहरण दिंदै यस्तै अवस्था रहे मुलुक श्रीलंकाको स्थितिमा पुग्ने चेतावनी दिनुभएको हो ।





















